ओलीलाई ४ पटक पार्टीबाट निकाल्नेको अनुहार झलझली सम्झिए सूर्य थापाले

प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले ओलीलाई घेराबन्दी र कारबाही गर्नेलाई छाड्न नहुने बताएका छन् । मंगलबार बिहान फेसबुकमा आफ्ना धारणा राख्दै थापाले ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको बताएका हुन् । 

‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ’ थापाले फेसबुकमा लेखेका छन् ।

जनताले दुई तिहाइको जनादेश दिएको सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउनेहरुको हर्कत बिर्सन नमिल्लने थापाले बताएका छन् । 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेकाे घाेषणा गर्ने अपराधीहरूकाे...

Posted by Surya Thapa on Monday, March 8, 2021




  • प्रकाशित मिति : फागुन २५, २०७७ मंगलबार ९:२९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया