एमाले र माओवादी ब्यूँतिएको पत्र संसद सचिवालयमा, प्रचण्ड र माधव छुट्टै बस्‍ने

सर्वोच्च अदालतको फागु २३ को फैसला संसद सचिवालयमा पुगेको छ। उक्त फैसला अनुसार साविकका नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएको पत्र निर्वाचन आयोगले संसद सचिवालयलाई पठाएको हो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएको पत्र दुवै दलसहित संसद सचिवालयमा पनि पठाइएको हो। निर्वाचन आयोगको उक्त पत्र संसद सचिवालयमा पुगेसँगै आज दिउँसो १ बजे बस्न लागेको प्रतिनिधिसभाको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालको सत्ता पक्षकै लहरमा अलग अलग सिटमा बस्ने भएका छन्। 

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरिदिएपछि नेता नेपाल प्रचण्डतिर लागेका थिए। २०७५ जेठ ३ गते एकीकरण भएको नेकपा दुई समूहमा विभाजित हुँदा केपी शर्मा ओलीले एउटाको नेतृत्व गरेका थिए भने प्रचण्ड-माधवले अर्को समूहको  नेतृत्व गरेका थिए। 

निर्वाचन आयोगले संघीय संसद सचिवालयलाई एमाले र माओवादी केन्द्र अलग भइसकेको पत्र पठाएपछि दुई दलका नेता बस्ने ठाउँ पनि फरक हुने भएको हो। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेको छैन। मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले तत्काललाई ओली सरकारको समर्थन फिर्ता नलिने निर्णय लिएको थियो।

अहिले पनि माओवादी र एमालेको संयुक्त सरकार कायम छ। बोर्ड अलग अलग राखिए पनि प्रचण्ड र माधव नेपाल सत्तापक्षकै लाइनमा बस्ने संसद सचिवालयका सह-प्रवक्ता दशरथ धमलाले जानकारी दिए। बैठकमा प्रचण्ड, नेपाल र खनालको सिट अलग हुने भएको हो। अब प्रचण्ड माओवादी केन्द्रका सांसदहरुको लहरमा बस्नेछन् भने नेपाल र खनाल एमालेका सांसदहरुको लहरमा बस्नेछन् ।





  • प्रकाशित मिति : फागुन २६, २०७७ बुधबार ११:५२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया