कति होला महिला लघुवित्तको ओपन रेञ्ज ?

महिला लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकरण यसैसाता अर्थात् शुक्रबार हुने भएको छ । सेयर सूचीकरणका लागि सम्पूर्ण आवश्यक कागजपत्र प्राप्त भइसकेको नेप्सेले जनाएको छ । नेप्सेमा शुक्रबार सेयर सूचीकरण भएसँगै आइतबारदेखि उक्त कम्पनीको दोस्रो बजारमा सेयर कारोबार हुने भएको छ ।  

महिला लघुवित्तले पहिलो कारोबारका लागि ओपन रेञ्ज २९४ देखि ८८२ सम्म पाउने सम्भावना रहेको छ । नेप्सेले कम्पनीको नेटवर्थ तीन गुणासम्म पहिलो कारोबारका लागि सेयर मूल्य तोक्ने भएकाले उक्त मूल्यमा ओपन रेञ्ज हुने सम्भावना रहेको हो । 

कम्पनीको चालु आव २०७७/७८ मा प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ रहेको छ ।  सोही नेटवर्थको आधारमा नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि मूल्य तय गर्ने गर्दछ । गत माघ २८ गतेदेखि फागुन २ गतेसम्म कम्पनीले ४ लाख कित्ता आइपिओ निष्कासन गरेको थियो । 

कम्पनीले ५ हजार कित्ता कर्मचारीका लागि, २० हजार कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ३ लाख ७५ हजार कित्ता आइपिओ सर्वसाधारणको लागि निष्कासन गरेको थियो । कम्पनीको आइपिओ ३७ हजार ५ सय जनाले गोला प्रथाद्वारा १० कित्ता पाएका थिए ।





  • प्रकाशित मिति : फागुन २६, २०७७ बुधबार १९:३२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया