आङ सान सुकीले ६ लाख अमेरिकी डलर भ्रष्टाचार गरेको सेनाको आरोप

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीमाथि करोडौँ रुपैयाँ भ्रष्टाचारको आरोप लागेको छ । सत्ता हातमा लिएको त्यहाँको सेनाले सुकीले सुन र ६ लाख अमेरिकी डलर (६ करोडभन्दा बढी) भ्रष्टाचार गरेको आरोप लगाएको छ । 

बिहीबार पत्रकार सम्मेलन गर्दै म्यानमारका ब्रिगेडियर जनरल जा मिन तुनले नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)को सरकारमा रहँदा सुकीले अवैध तरिकाले सो रकम अपचलन गरेको बताएको छ । अहिले नजरबन्दमा रहेकी सुकीले उक्त कुरा स्वीकार गरेको सेनाको दाबी छ । 

सुकीमाथि रेडियाे उपकरण राखेको, कोभिड नियन्त्रणका लगाइएका प्रतिबन्धात्मक नियमहरू भङ्ग गरेको तथा नागरिकमा डरत्रास फैलाएको आरोप पनि सेनाले लगाएको छ।





  • प्रकाशित मिति : फागुन २७, २०७७ बिहीबार १८:३८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया