कांग्रेसलाई कमल थापाको सुझाव, 'कम्युनिष्टलाई अस्वीकार गर्दै नयाँ चुनावमा जानुपर्छ'

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सत्ता सहकार्यमा नगएर अब नयाँ चुनावमा जानुपर्ने सुझाव दिएका छन् । थापाले सामाजिक सञ्जालमार्फत चुनावमा जान सुझाव दिएका हुन् । 

यसअघिको चुनावमा जनताले स्थायित्व र समृद्धिका लागि कम्युनिष्टहरूलाई मत दिएको थापाले बताएका छन् । आफ्नो अवस्था हेरेर पनि अहिलेका लागि सत्ता सहकार्यमा नलागी नयाँ चुनावमा जानुपर्ने थापाको धारणा छ । 

थापाले नेकपा कुर्सी र पैसाको झगडाले फुटेको र उनीहरुले जनतालाई धोका दिएको धारणा राखेका छन् । त्यस्ता असफल र भ्रष्ट कम्युनिष्टसँग मिलेर सत्तामा जाने कांग्रेसको चाह उदेक लाग्दो भएको थापाले लेखेका छन् । 

अहिले कम्युनिष्टसँग गठबन्धन बनाएर सत्तामा जान नहुने थापाको निष्कर्ष छ । उनले लेखेका छन्, 'कम्युनिष्टसँग मिलेर सरकार बनाउन अस्वीकार गरी कांग्रेस नयाँ चुनावमा जानुपर्छ ।'





  • प्रकाशित मिति : फागुन २९, २०७७ शनिबार ९:४५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया