झा दम्पतीको अवस्था सार्वजनिक गर्न माग गर्दै जनकपुरमा चक्काजाम

फागुन ११ गते रातिदेखि घरबाटै बेपत्ता पारिएको महोत्तरीको झा दम्पतीको अवस्था सार्वजनिक गर्नुपर्ने माग गर्दै जनकपुरधाममा चक्काजाम गरिएको छ । 

महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर–५ स्थित सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीतादेवी झाको अवस्था सार्वजनिक गर्नुपर्ने माग गर्दै जनकपुरधाम उपमहानगरपालिका-७ का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा तप्सीचोकमा चक्काजाम गरिएको हो । 

उनीहरूले बिहान ११ बजेदेखि १२ बजेसम्म एकघण्टा चक्काजाम गरेका थिए ।

विरोध प्रदर्शनमा वडाध्यक्ष साहले घरबाटै बेपत्ता पारिएका झा दम्पतीको १९ दिन बिते पनि अवस्था अज्ञात हुनु प्रहरी प्रशासनमाथि गम्भीर सवाल रहेको बताए ।

उनले अपहरित झा दम्पतीको अवस्था तत्काल प्रहरीले सार्वजनिक नगरे आज सांकेतिक चक्काजाम गरेको र दुई दिन पछि हाइवे समेत जाम गर्ने चेतावनी दिए ।

झा दम्पतीलाई फागुन ११ गते सोमबार राति घरमै सुतिरहेको ओछ्यान सहित बेपत्ता पारिएको थियो ।



उक्त घटनामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिई सोधपुछ जारी राखेको छ । बेपत्ता दम्पतीका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय नागरिक हरेन्द्र ठाकुरसहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



  • प्रकाशित मिति : फागुन २९, २०७७ शनिबार १३:२१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया