भीम रावलले भने : माओवादीसँग वार्ता गर्न पेरिस डाँडा गएकै हो

एमाले नेता भीमबहादुर रावलले नेकपा माओवादी केन्द्रसँग वार्ता गर्न आफू शनिबार पेरिस डाँडा गएको बताएका छन्। 

एमालेको माधव नेपाल पक्षको स्थायी कमिटीको निर्णयबारे जानकारी दिने क्रममा उनी पेरिस डाँडा पुगेको बारेमा पत्रकारहरुले प्रश्न उठाएका थिए।

रावलले पेरिस डाँडा जाँदैमा त्यत्रो धेरै टिप्पणीको कुनै अर्थ नहुने बताए। 'मैले पेरिस डाँडा किन नजाने? माओवादीसँग वार्ता गर्न गएको हो', उनले भने, 'व्यक्तिगत कामले गएको होइन। किन गएको भन्ने प्रश्नको कुनै अर्थ छैन। अन्य राजनीतिक कुरामा माओवादीसँग सम्वादका लागि म त्यहाँ पुगेको हुँ।'

उनले माओवादीले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनु भन्न आफू नगएको बताए। 'मैले त्यहाँ गएर सरकारको समर्थन फिर्ता नलिनु भनेको होइन', उनले भने, 'म किन त्यहाँ गएँ, विस्तारै उत्तर दिउँला।'

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहान बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग बोल्दै रावल पेरिस डाँडा आएको स्वीकारेका थिए। तर उनी पार्टी कामले भन्दा व्यक्तिगत कामले आएको कुरा उनले बताएका थिए। 

रावल फागुन २३ मा सर्वोच्चले साविककै एमाले र माओवादी केन्द्र फर्काइदिएर एमालेका नेताहरुले पेरिस डाँडा छोडेपछि पहिलो पटक फर्किएर त्यहीँ पुगेका हुन्। 





  • प्रकाशित मिति : फागुन २९, २०७७ शनिबार १६:२३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया