ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले माओवादी क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचारबारे छानबिन हुने बताएका छन् । काठमाडौंमा शनिबार भएको साक्षात्कारमा बोल्दै नेता रायमाझीले औचित्य र आवश्यकताका आधारमा त्यसलाई अगाडि बढाइने बताएका हुन् ।
आफूहरुको लागि मन्त्री र सांसद पद ठूलो नभएको भन्दै मन्त्री रायमाझीले अब सांसद र मन्त्री पद गए पनि आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने बताए । प्रधानमन्त्री ओलीसँग सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्नेहरु रहेकोले कुनै पनि हालतमा उनको साथ नछाड्ने स्पष्ट पारे ।
अब आफूहरु कुनै पनि हालतमा नेकपा (माओवादी केन्द्र) मा नफर्किने बताउँदै रायमाझीले आफूहरु एमाले पार्टीभन्दा पनि ओलीको विचारको पछि लागेको दाबी गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।