म्यानमारमा चीन लक्षित प्रदर्शन, सेनाको कारबाहीमा ३८ प्रदर्शनकारीको मृत्यु
फाइल तस्बिर

म्यानमारमा सैन्य शासनविरुद्ध भइरहेको विरोध प्रदर्शन चीन केन्द्रित भएको छ । प्रदर्शनकारीहरूले प्रदर्शनलाई चीनको विरोधमा केन्द्रित गरेका छन् । 

चीनको विरुद्धमा प्रदर्शन केन्द्रित हुँदा अवस्था बिग्रिएको छ । म्यानमारमा गत महिना सेनाले शासन हत्याएर सत्तारुढ नेताहरुलाई नजरबन्दमा राखेपछि जनस्तरमा प्रदर्शन भइरहेको छ ।

आइतबार जनप्रदर्शन चिनियाँ लगानी रहेको औद्योगिक क्षेत्रमा केन्द्रित भएपछि सेना र प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारीले चिनियाँ लगानी रहेका उद्योगहरुमा तोडफोड र आगजनी सुरु गरेपछि भएको सैन्य कारबाहीमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको अभियानकर्मीले बताएका छन् ।

प्रदर्शनका क्रममा म्यानमारको सहर यङ्गुनमा मात्रै कम्तीमा २१ जनाको मृत्यु भएको र बाँकी देशका अन्य भागमा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सुरक्षा निकायले बल प्रयोग गर्दा उनीहरुको मृत्यु भएको जनाइएको छ । 

जनप्रदर्शनको क्रममा प्रदर्शनकारीले चिनियाँ व्यवसायीमाथि हमला गरेको भन्दै सेनाले यङ्गुनमा केही क्षेत्रमा सैन्य कानुन लागु गरेको छ । सेनाले थप कदम चालेसँगै म्यानमारमा हिंसा भड्कन सक्ने भन्दै विभिन्न निकायले चेतावनी समेत दिएका छन् । 





  • प्रकाशित मिति : चैत २, २०७७ साेमबार ९:४२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया