सुष्मा आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिपका लागि छनोट

नक्सालकी सुष्मा तामाङ आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएकी छन् । 

नेपाल बक्सिङ संघले गरेको छनोट प्रतियोगितामा सुष्मा ४८ केजी तौल समूहबाट छनोट भएकी हुन् ।

उनले मंगलबार भएको फाइनलमा आरडिएस क्लबकी रमिला श्रेष्ठ माथि ३–२ स्कोरको कठिन जित दर्ता गरेकी हुन् ।

६० केजी तौल समूहको फाइनलमा बक्समान्डौकी डेचेन शेर्पा र आरडीएस क्लबकी सुमिना खड्काले बुधबार प्रतिस्पर्धा गर्नेछन् ।

डेचेनले मंगलबार झापाकी सुस्मिता राईलाई ५–० सहज स्कोरमा पराजित गर्दा सुमिनाले बाई पाएकी थिइन् ।

युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिप अप्रिल ११ देखि २३ सम्म पोल्यान्डमा हुनेछ ।
 





  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार १९:१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया