मुलुकमा उच्चजातीय अहंकारवाद र अन्धराष्ट्रवाद लाद्ने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उच्चजातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्र भएको बताएका छन् । 

मंगलबार अग्रणी सहिद शुकदेव गुरुङ सहिद घोषणा राष्ट्रिय जागरण अभियानअन्तर्गतको सर्वपक्षीय अन्तरसंवाद तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाललाई निरंकुश शासनतिर फर्काएर उच्चजातीय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भएको बताए । 

आफुहरुले जातीय अधिकार, समानता, आत्मसम्मान र स्वतन्त्रताको कुरा गर्दा जातिवादीको बिल्ला भिराएको उनको भनाइ छ । नेपालमा अन्धराष्ट्रवाद लाद्ने षड्यन्त्र भएको दाबी गर्दै उनले केपी ओलीले प्रधानमन्त्रीको रुपमा प्रतिनिधिसभा विघटन गरेर पहिलाको जस्तै निरंकुश शासनतिर नेपाललाई फर्काउने र उच्चजातीय अहंकारवादलाई स्थापित गर्ने प्रयास गरेको आरोप लगाए । 

नेपालका आदिवासी, जनजातिका विरुद्ध, नेपालका सबै दलित, मधेसी, महिला सबैले पाएको अधिकार खोस्ने र अन्धराष्ट्रवाद लाद्ने षड्यन्त्र भएको उनले बताए । 

प्राप्त अधिकारलाई खोस्नको निम्ति माओवादी आन्दोलन र प्रचण्डलाई प्रहारको निशाना बनाइएको उनको आरोप थियो । 





  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार १९:३३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया