सिन्धुलीमा बोलेरो दुर्घटना, चारको मृत्यु

सिन्धुलीमा बोलेरो जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका–७, करमडाँडामामा भएको दुर्घटनामा परी ८ जना घाइते भएका छन्।

सिन्धुलीमाडीबाट बाँसकटेरीतर्फ गइरहेको जिप घुम्तीमा मोड्न खोज्दा भिरबाट करिब ५० मिटर तल खसेको सिन्धुली प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेमा कमलामाई नगरपालिका–४ बाँसकटेरीका ६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षीया रीता स्माइली, १८ वर्षीया दुर्गा श्रेष्ठ र उनका २ वर्षीय छोरा मनीष रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते चालकको काठमाडौंमा उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार २०:३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया