सुमिना आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिपका लागि छनोट

आरडिएस क्लबकी  सुमिना खड्का आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएकी छन् । नेपाल बक्सिङ संघले गरेको छनोट प्रतियोगितामा सुमिना ६० केजी तौल समूहबाट छनोट भएकी हुन् ।

उनले बुधबार भएको फाइनलमा बक्समाण्डौंकी डेचेन शेर्पालाई ४–१ को स्कोरमा पराजित गरिन् । सुमिना यो प्रतियोगितामा छनोट हुने दोस्रो नेपाली खेलाडी हुन् ।

यसअघि मंगलबार नक्सालकी सुष्मा तामाङ झापाकी सुस्मिता राईलाई ३–२ को स्कोरमा हराउँदै ४८ केजी तौल समूहबाट छनोट भएकी थिइन् ।  

युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिप अप्रिल ११ देखि २३ सम्म पोल्यान्डमा हुनेछ ।
 





  • प्रकाशित मिति : चैत ४, २०७७ बुधबार १७:४४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया