मैले ओलीमाथि १९ पन्ने दस्तावेजको बम हानेँ, उनले संसदमाथि नै हान्दिए : प्रचण्ड
नेकपा खारेजी विरुद्ध पुनरावलोकनमा जाने तयारी
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरुले आफूमाथि हमला गरेको बताएका छन् । सिन्धुलीमा नेता कार्यकर्तासँगको भेटमा प्रचण्डले विविध राजनीतिक प्रतिशोध साँधेर आफूमाथि हमला भएको बताए । 

प्रगतिशील संविधान जारी गरेको र स्थानीय तहको चुनाव गराएको तथा पार्टी एकता गरेको रिस प्रतिक्रियावादीहरुले आफूमाथि रिस पोखेको प्रचण्डले बताए । आफू देश जनताको पक्षमा उभिएकाले देश विरोधी प्रतिक्रियावादीहरु आफूमाथि जाइ लागेको बताए ।

पार्टी एकता बचाउनका लागि आफू निरन्तर झुकेको तर प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण अहिलेको परिस्थिति उत्पन्न भएको बताए । उनले ओलीकै हठका कारण अहिलेको अवस्थामा कम्युनिष्ट आन्दोलन पुगेको बताए । 

प्रचण्डले भने, 'केपी ओली चाँही महा ठग रहेछन् के हेर्नुस् । राजनीतिमा अलिअलि जालझेल त हुन्छन् हेर्नोस् । उनले एउटा पनि सम्झौता पालना गरेनन् । पार्टी एकता हामीले गरियो, फुट्ला कि भनेर थरथर काम्ने पनि हामी नै भैयो ।'

ओलीले कुटिल चाल चलेको भन्दै प्रचण्डले आफूहरुलाई बुझ्न समय लागेको बताए । उनले भने, 'केपीको एउटै रणनीति छ, त्यो भनेको माओवादीले स्थापित गरेका संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिकलाई सिध्याउने ।'

ओलीको एकमात्रै दाउ आफूलाई सिध्याउने र कम्युनिष्ट आन्दोलनलाई सकाउने रहेको प्रचण्डले बताए । त्यसैका कारण आफूले १९ पत्रे आरोपपत्र तयार गरेको पनि बताए । उनले भने, 'उसको दाउ भनेको मलाई सिध्याउने बाहेक केही देखिँन । त्यसपछि मैले बाध्य भएर १९ पन्ने दस्तावेजको बम हानेको हो ।'



ओली विरुद्धको मोर्चामा रहेर आफूहरुले मुख्य लडाइँ जितेको पनि प्रचण्डले दावी गरे । उनले भने, 'मुख्य लडाइँ त हामीले जित्यौँ हेर्नोस्, संसद पुनःस्थापना भयो । तर, सर्वोच्चले अर्को फैसला गर्दै जन्मिसकेको बच्चा आमाकै पेटभित्र हालिदिने फैसला गर्यो । त्यो फैसला सही छैन भनेर हामी पुनरावलोकनका लागि जाँदैछौँ, तयारी अन्तिम चरणमा पुगेको छ ।'

भिडियो



 

  • प्रकाशित मिति : चैत ५, २०७७ बिहीबार ९:४९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया