नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल

साहित्य र चलचित्र निर्देशनमा समेत सक्रिय फूलमान बल नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त भएका छन् । पत्रकारितासँगै विभिन्न विधामा सक्रिय बल महाप्रबन्धकमा नियुक्त भएका हुन् । 

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले बललाई चार वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरेको हो ।

टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले नयाँ नियुक्तिका लागि खुल्ला दरखास्त आह्वान गरेको थियो । सोही प्रक्रियामार्फत बल नियुक्त भएका हुन् । 

काभ्रेका बल नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी आवद्ध व्यक्ति हुन् ।





  • प्रकाशित मिति : चैत ६, २०७७ शुक्रबार ११:८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया