पछिल्लो २४ घण्टामा ७९ जना कोरोना संक्रमित थपिए

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । 

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ८२९ पुगेको छ । 

शनिबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८७ जनामा संक्रमण पुष्टि भएको हो । 

हालसम्म निको हुनेको संख्या २ लाख ७१ हजार ८ सय १५ रहेको छ । पछिल्लो २४ घण्टामा थप ८२ जना संक्रमणमुक्त भएका छन् । 

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको मृत्यु भएको छैन । 

हालसम्म देशभर २२ लाख ३३ हजार ३ सय ४५ नमुनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ५१ जना रहेका छन् ।





  • प्रकाशित मिति : चैत ७, २०७७ शनिबार १६:३६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया