अस्ट्राजेनिका खोप सुरक्षित रहेको विश्व स्वास्थ्य संगठनको दाबी

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप सुरक्षित रहेको भन्दै खोप लगाउन विश्वका देशहरुलाई आग्रह गरेको छ ।
 
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपमा आवश्यक स्वास्थ्यसम्बन्धी अनुसन्धान गरेको, तर त्यस्तो कुनै पनि खराबी भने नदेखिएको बताएको छ ।
 
यस खोपका विषयमा विश्व स्वास्थ्य संगठनका विज्ञहरु सम्मिलित समूहले अनुसन्धान गरेकोमा त्यस्तो स्वास्थ्य सम्बन्धी खराबी नदेखिएकोले सो खोप सुरक्षित रहेकोले लगाउन विश्वका देशहरुलाई आग्रह गरिएको हो ।
 
यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिएको भनेर विश्वव्यापी रुपमा प्रचार गरिएको छ । जसका कारण विश्वका कतिपय देशले त यो खोपमाथि प्रतिबन्ध पनि लगाएका छन् ।
 
रगत जम्ने सम्भावित आशङ्कालाई लिएर युरोपदेखि एसिया र दक्षिण अमेरिकाका विभिन्न मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका थिए ।
 
उता युरोपेली नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको भनाइ हालै मात्र सार्वजनिक गरेको थियो । त्यसलगत्तै स्पेन, इटाली, नेदरल्यान्ड्स्, पोर्चुगल, लिथुआनिया, लाटभिया, स्लोभेनिया र बुल्गेरियाले भने खोप अभियान पुनः सुरु गर्ने बताएका छन् ।
 
यता पछिल्लो समयमा भाइरसको संक्रमण वृद्धि भएका कारण निकै समस्यामा परेको फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः सुरु भएको छ ।
 
युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः सुरु गर्न युरोपेली मुलुकहरुसमक्ष आग्रह गरेको थियो ।
 
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनम ग्याब्रियसले सो शुक्रबार सो आग्रह गरेका हुन् । उनले शुक्रबार विश्वका देशहरुका नाममा जारी गरेको अपिलमा सो खोपका विरुद्ध गलत प्रचार नगर्न पनि भनेका छन् ।

यो खोपले अप्ठ्यारोमा परेका विश्वका देशहरुलाई कोरोना भाइरसको प्रकोपबाट रोक्नका लागि आवश्यक सहयोग गर्ने आश्वासन पनि दिएको प्राप्त समाचारमा जनाइएको छ ।
 
पछिल्लो समयमा युरोपका देशहरुमा कोरोना भाइरसको संक्रमण थप बढेको अवस्थामा खोपबाहेकको अर्को विकल्प पनि केही नदेखिएकोले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने र खोप लगाउने काम गर्नुपर्ने उनको सुझाब छ ।

कोभ्याक्समार्फत विश्व स्वास्थ्य संगठनले हाल विश्वका कतिपय देशहरुमा वितरण गरिरहेको कोरोनाविरुद्धको खोपमा ९० प्रतिशतभन्दा बढी यही खोप रहेको छ ।





  • प्रकाशित मिति : चैत ७, २०७७ शनिबार १७:३१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया