नेपालले अङ्गीकार गरेको एक चीन नीतिको प्रशंसा

चीनको राज्यशक्तिको सर्वोच्च निकाय राष्ट्रिय जनकङ्ग्रेस (एनपिसी) को हालै सम्पन्न १३औँ महासभाको चौथो बैठकले हङकङलाई ‘एक देश दुई पद्धति’ अभ्यासका संरचना सुधार तथा सुरक्षालाई दिगो बनाउन महत्वपूर्ण निर्णय गरेको छ । 

महासभाले संविधान तथा मौलिक कानुनअनुसार हङकङ विशेष प्रशासन क्षेत्रको निर्वाचन कानुनमा सुधार गर्ने निर्णय गरेको तथा त्यसबाट एक देश दुई पद्धतियुक्त प्रजातान्त्रिक हङकङको निरन्तर प्रगतिका निम्ति सहयोग पुग्ने चिनियाँ राजदूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ । 

नेपालले अङ्गीकार गरेको एक चीन नीतिको प्रशंसा गर्दै विज्ञप्तिमा एक देश दुई शासन पद्धतियुक्त हङकङको भविष्य समुज्ज्वल भई त्यसबाट नेपालसहित अन्तरराष्ट्रिय समुदायलाई सहयोगका थप अवसर प्राप्त हुने विश्वास गरिएको छ । 





  • प्रकाशित मिति : चैत ७, २०७७ शनिबार १९:४१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया