मिर्गौलाको समस्याले पार्टी कारबाहीबाट जोगिए झलनाथ !
फाइल तस्बिर

सत्तारुढ नेकपा एमालेको शनिबार बसेको संसदीय दल र केन्द्रीय समितिको बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टी र अध्यक्ष नेतृत्वको सरकारको विरुद्धमा गतिविधि गरेको तथा गुटबन्दी गर्दै पार्टी हितविरुद्ध काम गरेको भन्दै नेताहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । 

तर, अध्यक्ष केपी शर्मा ओलीमाथि आगो ओकल्दै आएका वरिष्ठ नेता झलनाथ खनाल भने पार्टीको उक्त कारबाहीबाट बाँचेका छन् । हिजोको बैठकले नेता खनाललाई कुनैपनि कारबाहीको निर्णय गरेको छैन । 

खनालसँग स्पष्टिकरण नमाग्नुको मुख्य कारण उनको स्वास्थ्य अवस्था भएको बालुवाटार बैठकमा सहभागी एक नेताले बताए । नेता खनाल गत माघमा भारतको अपोलो अस्पतालमा गएर चेकजाँच गराएर आएका थिए । 

चेकजाँचका क्रममा आफ्नो मिर्गौलामा समस्या देखिएको नेता खनालले पार्टीका शीर्ष नेताहरुलाई जानकारी गराएका थिए । परीक्षणमा संलग्न चिकित्सकहरुले खनाललाई ३ महिनाभित्र मिर्गौला फेर्न अथवा डायलासिस गर्न सुझाव दिएका थिए । 





  • प्रकाशित मिति : चैत ८, २०७७ आइतबार ७:४२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया