बाबुराम भन्छन्, 'भष्मासुरले त्राहिमाम् पार्ने भो, नयाँ रणनीति चाहियो'

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मिथकहरूबाट प्रेरणा लिने तर हुबहु दोहोर्याउन नहुने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । 

डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भष्मासुरको उपमा दिँदै उनी उही धार्मिक कथाको भष्मासुर जस्तै भएको बताए । उनले अहिलेको भष्मासुरलाई धार्मिक कालमा जस्तै अन्त्य गर्न सम्भव नभएकाले नयाँ तरिका खोज्नुपर्ने उल्लेख गरेका छन् । 

धार्मिक कथामा भष्मासुरलाई वरदान दिनेले वरदान फिर्ता लिनुको सट्टा अर्कैले छल गरेर बध गरेको भन्दै भट्टराईले अहिले ओली सरकारका लागि त्यही दोहोर्याउन खोज्दा उनी झन् शक्तिशाली हुँदै भएको बताए । 

धार्मिक युगको कुरा कलियुगमा जस्ताको तस्तै दोहोर्याउन खोज्दा उल्टै भष्मासुरले सबैलाई छल गरेर त्राहिमाम् पार्ने अवस्था आएको डा. भट्टराईको भनाइ छ । उनले अहिलेको भष्मासुरलाई पराजित गर्न नयाँ रणनीति आवश्यक भएको पनि उल्लेख गरेका छन् । 

उनी लेख्छन्, 'मिथकहरूबाट प्रेरणा लिने हो हुबहु उही दोहोर्याउने हैन ! भष्मासुरलाई जसले वरदान दिएको हो उसले (शिवले) वरदान फिर्ता लिनु सट्टा अर्काले (विष्णुले) छल गरेर वध गरेका थिए भन्दैमा अहिले कलियुगमा पनि त्यही दोहोर्याउन खोज्दा उल्टै भष्मासुरले छल गरेर सबैलाई त्राहिमाम् पार्ने भो ! नयाँ रणनीति चाहियो !'





  • प्रकाशित मिति : चैत ९, २०७७ साेमबार ८:८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया