प्रचण्डलाई कमल थापाको प्रश्‍न : ओलीलाई विदेशीको एजेन्ट भन्‍ने, सरकारको समर्थन फिर्ता नलिने?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आइतवार लगाएको एउटा आरोपबारे प्रश्न उठाएका छन्। 

प्रचण्डले आइतवार दलित मुक्ति मोर्चाको कार्यक्रममा प्रधानमन्त्री ओलीलाई विदेशी शक्तिको एजेन्टको आरोप लगाएको विषयलाई लिएर अध्यक्ष थापाले प्रश्न उठाएका हुन्।

'दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केही दिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'वर्षौँदेखि विदेशीबाट पालित पोषित एजेन्ट' भनी आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ', थापाले भनेका छन्, 'यस्तो गम्भीर आरोप लगाउने तर सरकारलाई दिएको समर्थन कायम राख्‍ने? लाजमर्दो राजनीति।'

अध्यक्ष दाहालले आइतवार प्रधानमन्त्री ओलीलाई विदेशी शक्तिको एजेन्टको संज्ञा दिएका थिए। अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसरमा दलित मुक्ति मोर्चाद्वारा आइतवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै दाहालले यस्तो गम्भीर आरोप लगाएका थिए। 

उनले ओलीलाई विदेशी शक्तिका अगाडि राम्रैसँग लम्पसार पर्न सक्ने व्यक्तिको संज्ञा दिएका थिए। 'विदेशी शक्तिका अगाडि राम्रै लम्पसार पनि पर्न सक्ने व्यक्ति रहेछन् केपी ओली', उनले भनेका थिए, '२० /२५ वर्षदेखि विदेशी शक्तिले हुर्काएका व्यक्ति हुन् केपी ओली, जसलाई विदेशीले पाली पोसी हुर्काएका रहेछन्।'





  • प्रकाशित मिति : चैत ९, २०७७ साेमबार १२:५२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया