सातै प्रदेशमा ‘हाइ पर्फमेन्स क्रिकेट क्लिनिक’ हुने

नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक डेभ ह्वाटमोरका साथ सातै प्रदेशमा ‘हाइ पर्फमेन्स क्रिकेट क्लिनिक’ आयोजना गर्ने भएको छ ।  

क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा यही मार्च र अप्रिलभित्र सातै प्रदेशमा ‘हाइ पर्फमेन्स क्रिकेट क्लिनिक’ आयोजना गर्न लागेको हो । 

चार दिने क्लिनिकमा सहभागीलाई राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले प्रशिक्षण गर्नेछन् । स्थानीय खेलाडी तथा प्रशिक्षकको स्तरवृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको क्यानले बताएको छ ।

क्लिनिकको सुरुवात प्रदेश–१ मा मार्च २४ बाट हुनेछ ।





  • प्रकाशित मिति : चैत ९, २०७७ साेमबार १३:३९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया