नेप्सेमा २४ अंकको करेक्सन, कारोबार रकम पनि घट्यो

पछिल्ला ४ दिन लगातार बढेको नेप्से परिसूचक पाँचौ दिन भने २४ अंकले घटेको छ । सोमबार नेप्से परिसूचक २४ अंकले घटेको हो । घटेको नेप्से परिसूचकले बजारमा करेक्सन आएको ठम्याएको छ । चार दिनमा १५० अंकले बढेको नेप्से परिसूचक आज पुनः २४ अंकले घटेको हो । 

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक २५३८ बिन्दुमा पुगेको थियो । तर, सोमबार २४ अंकले घट्दै परिसूचक २५१४.३९ बिन्दुमा बजार बन्द भएको छ । बजारमा राम्रा कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४४८ अंकले घटेको छ ।

यस दिन बजार घटेसँगै कारोबार रकममा समेत गिरावट आएको छ । आइतबार करिब ६ अर्ब रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार भने ५ अर्ब ३५ करोड रुपैयाँको मात्रै कारोबार भएको छ । सोमबार २११ वटा कम्पनीको १ करोड ९ लाख ३१ हजार ३५८ कित्ता सेयर ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२५ रुपैयाँमा खरिद बिक्री भएको नेप्सेले देखाएको छ ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ ।

अपर तामाकोशी र चन्द्रागिरि हिल्सको सेयर सोमबार सर्किट लेभलमा कारोबार भएको छ । दुवै कम्पनीको सेयर झन्डै १० प्रतिशतले बढेको छ । त्यस्तै अरुण भ्याली हाइड्रोपावरको ७.४४ प्रतिशत, आँखु ओलाको ६.२१ प्रतिशत र बोमी लघुवित्तको ५.९७ प्रतिशतले बढेको छ । 

यता प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य सबैभन्दा धेरै ४.७१ प्रतिशतले घटेको छ भने सपोर्ट माइक्रोफाइनान्सको ४.४७ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.९९ प्रतिशत र आरम्भ चौतारी लघुवित्तको ३.७८ प्रतिशतले घटेको छ ।





  • प्रकाशित मिति : चैत ९, २०७७ साेमबार १६:२५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया