जिन्दावादका लागि जुम्ला पुगे निश्चल

निर्देशक निश्चल बस्नेतले आफ्नो जन्मदिनको अवसर पारेर चलचित्र ‘जिन्दावाद’को औपचारिक घोषणा गरेका थिए । अहिले निश्चल सोही चलचित्रको लोकेसनका लागि जुम्ला पुगेका छन् ।

लोकेसनका लागि केही दिन अघि जुम्ला पुगेका निश्चलले चलचित्रको केही सिन मुगुमा पनि खिचिने बताए । रारा ताल वरिपरिको लोकेसन हेर्न निस्कने तयारीमा रहेको उनको बताएका छन् ।

निश्चलको यो चलचित्रमा २ अभिनेता सौगात मल्ल र दयाहाङ राईले शीर्ष भूमिकामा रहेर अभिनय गर्नेछन् । आगामी वैशाखको अन्तिम साताबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘जिन्दावाद’का लागि अन्य कलाकार भने फाइनल गरिएको छैन ।

निश्चलले ‘लुट २’पछि ‘जिन्दावाद’ निर्देशन गर्न लागेको हुन् । लुटपछि अभिनयमा बढी सक्रिय रहेका निश्चल यही चलचित्रमार्फत् पुनः निर्देशनमा फर्किँदैछन् । चलचित्रको कथा बुद्धि सागरले लेखेका हुन् ।





  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार १४:१८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया