गौरीफन्टा नाका भएर कैलाली प्रवेश गरेका ११ जनामा संक्रमण पुष्टि

भारतका विभिन्न सहरमा कोरोना महामारी फैलिएसँगै त्यसको प्रभाव नेपालमा पनि पर्न थालेको छ । कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गरेका ११ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । 

पछिल्लो ४–५ दिनको अवधिमा गौरीफन्टा नाका भएर कैलाली प्रवेश गरेका ११ जनामा संक्रमण पुष्टि भएको कैलाली जिल्ला प्रशासनले पुष्टि गरेको छ । 

कोभिड संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कैलालीले निषेधाज्ञा आदेश जारी गर्ने तयारी पनि गरेको छ । भारतबाट फर्किरहेका नेपालीमा संक्रमण देखिन थालेपछि जिल्लामा सतर्कता बढाइएको हो ।  

होली पर्वमा पनि भिडभाड गर्न नदिने जिप्रकाको तयारी छ । कैलाली र कञ्चनपुरको सीमा नाकामा सुदूरपश्चिम प्रदेश सरकारले हेल्थ डेस्क स्थापना गरेको छ ।





  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार १७:८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया