महन्थ ठाकुरलाई प्रचण्डले भने-‘तपाईं पनि मजस्तै हुनुभयो, कहाँ भन्दा बालुवाटारमा'

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरपनि आफूजस्तै बालुवाटार धाउन थालेको बताएका छन् । 

शनिबार बृहत नागरिक आन्दोलनले काठमाडौं आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कुनै समय आफू दिनहुँ बालुवाटार धाएजस्तै अहिले ठाकुर बालुवाटार धाउन थालेको बताएका हुन् । 

जसपाले उठाएका माग आफैँ सरकारमा गएर पूरा गर्नसक्ने अवस्था रहेको भन्दै उनले ती माग पूरा गराउनका लागि ओलीकहाँ धाइरहनु आवश्यक नभएको बताएका छन्। 

‘अहिले त उहाँ पनि मजस्तै हुनुभयो, तपाई कहाँ हो भन्दा बालुवाटारमा’ प्रचण्डले ठाकुरलाई भने । 

ओली प्रवृत्तिलाई निस्तेज पार्नका लागि उनको प्रतिगामी कदमविरुद्ध लागेका शक्तिहरु एक ठाउँमा आउनुपर्ने उनले बताए । 





  • प्रकाशित मिति : चैत १४, २०७७ शनिबार १६:२०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया