सुर्खेतमा देखिएको होलीको रौनक

फागु अर्थात् ‘होली’ पर्व सुर्खेतसहित देशभरका पहाडी भेगमा धुमधामका साथ मनाइएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरका विभिन्न क्षेत्रमा होलीको रौनक देखिएको छ । 

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले घरमै बसेर होली मनाउन आग्रह गरे पनि विभिन्न क्षेत्रमा धुमधामका साथ होली मनाइएको छ । 

वीरेन्द्रनगरका पर्यटकीय क्षेत्रहरु, बुलबुले ताल, सहिद पार्क, काँक्रेविहार, पातल दरबारलगायत ठाउँमा मानिसहरु अत्यधिक मात्रामा होली मनाउन गएका छन् । कोरोना भाइरस संक्रमणको जोखिमका बाबजुद स्थानीय होली खेल्न निस्किएका हुन् । 

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । आजको दिन एक–अर्कामा रंगको होली खेलेर मनाउने गरिन्छ । 

आज (आइतबार) पहाडी भेगमा होली मनाइएको छ भने भोलि (सोमबार) तराई भेगमा मनाउने परम्परा रहेको छ । 





  • प्रकाशित मिति : चैत १५, २०७७ आइतबार १८:२३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया