इरानसँग चीनको सन्धि : चार खर्ब डलर लगानी गर्ने, अमेरिकालाई ठूलो चुनौती

न र इरानबीच २५ वर्ष लामो रणनीतिक सन्धिले अमेरिकालाई सबैभन्दा ठूलो चुनौती दिएको छ। विश्व राजनीतिक परिदृश्यमा बढिरहेको परिवर्तनबीच यसलाई ठूलो घटनाका रुपमा हेर्न थालिएको छ।

जानकारका अनुसार यस सन्धिको खाडी क्षेत्र र बाँकी विश्वमा दूरगामी असर देखिनेछ। यसलाई अमेरिकी नेतृत्वको विश्व व्यवस्थाका लागि सबैभन्दा ठूलो चुनौतीका रुपमा व्याख्या गरिएको छ।

महत्वपूर्ण कुरा के हो भने अहिलेको अवस्थामा चीन र इरान दुवै अमेरिकाको निशानामा छन्। अमेरिकी निशानामा रुस पनि छ। जसले चीनसँग पछिल्लो समय गहिरो सम्बन्ध बनाएको छ। चीन-इरान सन्धिबाट चीनको बेल्ट एन्ड रोड इनिसियटिभमा इरानको भूमिका बढ्नेछ। 

अर्कोतर्फ इरानको सुरक्षामा पनि चीनको स्वार्थ बढ्नेछ। यसको दीर्घकालीन प्रभाव हुनेछ। नयाँ सन्धि अनुसार चीनले इरानमा ४ सय अर्ब डलर लगानी गर्नेछ। अमेरिकी विश्लेषकले उसको प्रतिबन्धका कारण इरान पहिलेदेखि नै चीनमाथि अत्यधिक निर्भर हुँदै गएको बताएका छन्। अब त इरान चीनको रणनीतिक साझेदार नै बनेको छ।

पूरै एसियामा प्रभाव 

जानकारका अनुसार चीन-इरान नयाँ सन्धिबाट पूरै एसियामा चीनको प्रभाव अझै बढ्नेछ साथै यसबाट इरालाई अलग-थलग गर्ने अमेरिकी योजनामा पानीमा जानेछ।



केही रणनीतिक जानकारहरुले अमेरिकी प्रतिबन्धले चीनलाई इरानसँग गहिरो सम्बन्ध बनाउन बाध्य बनाएको छ। यी दुई देशले जो बाइडन राष्ट्रपति आएपछि अमेरिकी नीतिमा परिवर्तन हुने विश्वास लिएका थिए।  त यस्तो भएन। 

राष्ट्रपति चुनाव प्रचार अभियानका क्रममा बाइडनले इरानसँग सन् २०१५ को परमाणु सन्धिबाट अमेरिकालाई फिर्ता लिने वचन दिएका थिए। तर राष्ट्रपति बनेपछि इरानमाथि नयाँ शर्त थपिदिए। अब यसको नतिजा नयाँ चुनौतीका रूप आएको छ।



सन्धिमा हस्ताक्षर

सन्धिमाथि शनिवार इरानका विदेश मन्त्री मोहम्मद जवाद जारिफ र तेहरान यात्रामा रहेका चीनका विदेश मन्त्री वाङ्ग यीले हस्ताक्षर गरे। इरानले यस सन्धिले दुवै देशबीच राजनीतिक र आर्थिक सम्बन्ध गहिरो बनाउने जनाएको छ। यसमा व्यापार, आर्थिक र परिवहन सम्बन्धी सहयोगको पूरा रोड म्याप छ।

त्यसो त चीन-इरान व्यापक रणनीतिक साझेदारी सम्झौताको उद्धेश्य सन् २०१६ मै प्रकट भएको थियो। त्यसबेला चीनका राष्ट्रपति शी जिन पिङ्गले तेहरान यात्रा गरेका थिए। यस सम्झौतालाई अब औपचारिकता दिइएको छ।

यस सम्झौताको मतलब अब इरान चीनको बेल्ट एन्ड रोड इनिसियटिभ परियोजनामा अब पूर्ण हिस्सेदार बनेको छ। बेल्ट एन्ड रोड इनिसियटिभ परियोजना अन्तर्गत चीन आफ्नो सहयोगी देशका लागि अलग अलग व्यापारिक मार्ग बनाउँदैछ। उसले ती देशमा ठूला ठूला निर्माण परियोजनामा पनि लगानी गरिरहेको छ।

 इरान-चीन सम्झौतामाथि त्यो समयमा हस्ताक्षर भएको जब विश्वको ध्यान स्वेज नहरमा अडिएको छ। नहरमार्फत भइरहेको परिवहन एक विशाल कन्टेनर जहाज फसेपछि अवरुद्ध भएको छ। यस्तोमा अलग-अलग व्यापार मार्गको जरुरत विश्वभर महसुस गरिएको छ।

बितेका दशकमा चीन इरानको एक ठूलो व्यापारिक साझेदारका रुपमा उभिएको छ। जुन समय अमेरिकाले इरानसहितका देशमाथि प्रतिबन्ध लगायो। तर इरानका लागि चीन ठूलो सहारा बनेको छ।

अब चीनलाई यस भूमिकाको फाइदा मिलेको छ। सन्धिमा दस्तखतको समयमा चीनका विदेश मन्त्री वाङ्ग यीले इरानको स्वतन्त्र विदेश नीतिको प्रशंसा गरे। उनले अमेरिकाको एक फोन कलले आफ्नो नीति नै फेर्ने अरु देश जस्तो इरान नभएको पनि टिप्पणी गरे। 

  • प्रकाशित मिति : चैत १५, २०७७ आइतबार १९:६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया