मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार गोपाल गुरागाईंलाई
डा‍. लम्साल र सुवेदीलाई तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार

 

साहित्यकार तथा वरिष्ठ पत्रकार नवराज लम्साल र पत्रकार शालिक सुवेदीलाई तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । 

लम्साल रेडियो नेपालका समाचार महाशाखा प्रमुख हुन् भने सुवेदी नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक हुन् । उक्त पुरस्कारको राशि ५० हजार रहेको छ । 

यसैगरी, मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रालिका कार्यकारी अध्यक्ष–सञ्चालक गोपाल गुरागाईंलाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कारको राशि १ लाख रुपैयाँको छ ।

कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि ४० हजार रुपैयाँ रहेको छ ।

कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्लेलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि २५ हजार रुपैयाँ छ ।



सहिद जगतजंगप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका राजनीतिक ब्युरो–चिफ बालकृष्ण अधिकारीलाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि २५ हजार रहेको छ ।

उमा सिंह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी वरिष्ठ उप–सम्पादक बिनु सुवेदीलाई प्रदान गरिने भएको छ । सुवेदीलाई दिइने पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।



बाबुछिरी फोटो पत्रकारिता पुरस्कार रिपोर्टर्स नेपाल डटकमकका फोटो पत्रकार मुकुन्द कालिकोटेलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।

वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार एबिसी टेलिभिजनका उप–सम्पादक अनन्त अनुरागलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।

उत्कृष्ट युवापत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका उप–सम्पादक जीवन भण्डारी, डिसी नेपाल डटकमका सह–सम्पादक मदन कोइराला, प्राइम टाइम्स टेलिभिजनका उपसम्पादक दीपक अर्याललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि जनही २० हजार रुपैयाँ रहेको छ ।

  • प्रकाशित मिति : चैत १६, २०७७ साेमबार १७:५५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया