देउवालाई भेट्न फेरि बूढानीलकण्ठ पुगे प्रचण्ड

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट विदा गर्न भरमग्दुर कोसिस गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न फेरि बूढानीलकण्ठ पुगेका छन्। 

मंगलबार बिहान सर्वोच्च अदालत पुगेका प्रचण्ड दिउँसो पेरिस डाँडामा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गरेपछि देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन्। त्यहाँ पुगेर उनले ओली बहिर्गमनको विकल्प र सम्भावित सत्ता समीकरणमै केन्द्रित भएर कुरा गरेको स्रोतले बताएको छ।

देउवासँग उनले करिब २० मिनेट लामो वार्ता गरेका थिए। उनले आजै मात्रै जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई पनि भेटेका थिए। ओलीलाई हटाउन प्रचण्डले माओवादी केन्द्र, कांग्रेस र जनता समाजवादी पार्टीबीचको गठबन्धन बनाउने कोसिस गरिरहेका छन्। 
 





  • प्रकाशित मिति : चैत १७, २०७७ मंगलबार १७:४१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया