राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले निष्क्रिय रहेका खेल संघलाई खारेज गरिने बताएका छन् ।
उनले बुधबार नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एकेडेमी उद्घाटन कार्यक्रममा बोल्दै दर्ता मात्र भएर काम नगर्ने खेल संघलाई राखेपले खारेज गर्ने बताएका हुन् ।
‘म संघलाई आफ्नो अडिट रिपोर्ट, आयव्ययको विवरण सार्वजनिक गर्दै राखेप समक्ष उपस्थित हुन आग्रह पनि गर्छु’, सिलवालले भने ।
‘राम्रा योजना ल्याउने संघलाई सहयोग गर्न राखेप तयार छ तर खेलाडी, प्रशिक्षक र अफिसियल उत्पादन नगर्ने, वार्षिक साधारण सभा तथा चुनाव गर्न नसक्ने र विदेश जानका लागि मात्र स्थापना हुने संघको कुनै आवश्यकता छैन’, सिलवालले थपे, ‘यस्ता संघ भएको भन्दा नभएकै खेलकुदका लागि राम्रो हुन्छ ।’
२०० भन्दा बढी खेल संघ राखेपमा दर्ता भए पनि हाल करिब ५० वटा संघ मात्र सक्रिय छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।