माओवादी केन्द्रको स्थायी कमिटी सुरु, तीन नेता अनुपस्थित
सरकारको समर्थन फिर्ताबारे छलफल हुने

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक केही बेरअघि मात्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। 

बैठकमा काठमाडौंमा रहेका स्थायी कमिटी सदस्यहरु मात्रै उपस्थित रहेका छन्। काठमाडौं बाहिर रहेका सदस्यहरु देवेन्द्र पौडेल, गिरिराजमणि पोखरेल र चक्रपाणि खनाल अनुपस्थित छन् । 

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल हुने जनाइएको छ। स्थायी कमिटी सदस्य पम्फा भुसालले आजको बैठक अनौपचारिक रहेको फरकधारलाई जानकारी दिइन्। 

सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिएको र विरोध पनि गरेको भन्दै माओवादीको आलोचना भइरहेको छ। २३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताएपछि समर्थन फिर्ता लिनुपर्ने भन्दै चर्को दबाब आइरहेको छ।

केही दिनअघि मात्रै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन केही दिनमै फिर्ता हुने पनि बताएका थिए ।





  • प्रकाशित मिति : चैत १९, २०७७ बिहीबार १०:५८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया