ओलीले कम्युनिस्ट पार्टी ध्वस्त बनाउँदैछन्ः माधव नेपाल
फाइल तस्वीर ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी ध्वस्त बनाउन खोजेको आरोप लगाएका छन् । 

ओलीले कम्युनिस्ट पार्टी ध्वस्त बनाउने भएपछि आफूहरु त्यसलाई बचाउन लागेको पनि दाबी गरेका छन् ।

उनले यसअघिको निर्वाचनमा आम नेपाली र कार्यकर्ताले कम्युनिस्ट पार्टीलाई दुई तिहाई मत दिए पनि ओलीले यसलाई थप विध्वंस बनाउँदै लगेको आरोप लगाएका छन् ।

कास्कीमा जिल्ला कमिटी घोषणा सभामा सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । ‘पार्टीमा पद्धतिको लडाइँ हुनुपर्छ भनेर हामी लागिरहेका छौँ,’ नेपालले भने, ‘पार्टी कुनै पनि व्यक्तिको लहड र स्वार्थमा मात्र चल्नु हुँदैन ।’

नेपालले यही कार्यक्रममा आफूसँग अहिले ओलीको भन्दा दोब्बर कार्यकर्ता रहेको पनि बताएका छन् । उनले आफूमाथि कारवाही गरेजस्तै ओलीले ६ लाखभन्दा बढी नेता कार्यकर्तालाई कारवाही गरेर देखाउन पनि ओलीलाई चेतावनी दिएका छन् ।





  • प्रकाशित मिति : चैत १९, २०७७ बिहीबार १५:५३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया