ललितपुर महानगरको अफर : स्वैच्छिक अवकाश लिने शिक्षकलाई तीन लाख रुपैयाँसम्मको उपदान

ललितपुर महानगरपालिकाले स्वैच्छिक अवकाश लिन चाहने शिक्षकलाई तीन लाख रुपैयाँसम्मको उपदान घोषणा गरेको छ । महानगरले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा कार्यरत ५० वर्ष उमेर पूरा गरेका शिक्षकका लागि यस्तो अफर ल्याएको हो । 

महानगरले विज्ञप्ति जारी गर्दै  अवकाश लिन इच्छुक शिक्षकले आवश्यक कागजातसहित ३० दिनभित्र महानगरको शिक्षा महाशाखामा निवेदन पेस गर्न आह्वान गरेको छ । 

महानगरले ०७८ साल साउनपश्चात् १ वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकहरुले अवकाश लिन चाहेमा एक लाख रुपैयाँ उपलब्ध गराउने भएको हो । 

०७८ साउनसम्म २ वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकलाई एक लाख ५० हजार, ३ वर्ष सेवा बाँकीलाई २ लाख, ४ वर्ष सेवा बाँकी रहेकालाई २ लाख ५० हजार र ५ देखि १० वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकलाई ३ लाख रुपैयाँसम्म सुविधा दिने महानगरले जनाएको छ । 

अवकाश लिन चाहने शिक्षकले स्थायी नियुक्ति पत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि र सम्बन्धित शिक्षकको निवेदन पेस गर्नुपर्ने छ ।





  • प्रकाशित मिति : चैत १९, २०७७ बिहीबार १६:४७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया