कोरोना संक्रमण : १ सय ५२ थपिए, एकको निधन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ सय ५२ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा हालसम्म संक्रमित हुनेहरुको संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६५ जना संक्रमणमुक्त भएका छन् । 

संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख ७२ हजार ८ सय ५१ छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ७९ पुगेको छ । 

यसैगरी नेपालमा हालसम्म ३ हजार ३१ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणका कारण एक जनाको निधन भएको छ ।





  • प्रकाशित मिति : चैत १९, २०७७ बिहीबार १७:२०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया