कोरोना संकट बढेपछि फ्रान्समा एक महिना लामो लकडाउन
स्कुल-कलेज बन्द, घरबाट निस्किन कडा नियम

कोरोना संकट फेरि बढेपछि फ्रान्समा एक महिना लामो लकडाउन घोषणा गरिएको छ। फ्रान्सका राष्ट्रपतिले तेस्रो पटकको लकडाउन २ अप्रिलदेखि लागु हुने बताएका छन्। उनले यो लकडाउन चार हप्ता अर्थात् एक महिनासम्म जारी रहनेछ।

टेलिभिजन सन्देश दिँदै राष्ट्रपति इम्यानुयल म्याक्रोंले यस क्रममा केबल अतिआवश्यक दोकान खोल्न मात्रै अनुमति दिइनेछ। अब यो एक महिना कार्यालयको साटो सरकारी तथा गैरसरकारी कर्मचारीले घरमै बसेर काम गर्नुपर्नेछ 

यसक्रममा सार्वजनिक सभामाथि पूरै प्रतिबन्ध लगाइएको छ। बिना उचित कारण आफ्नो घरभन्दा १० किलोमिटर टाढा जान पनि सर्वसाधरणलाई रोक लगाइएको छ।

फ्रान्स कोरोनाले अवस्था बिग्रिँदै गएको छ। जोन हप्किन्स विश्वविद्यालयका अुनसार यहाँ कुल संक्रमितको आँकडा ४६ लाख ४६ हजार पुगेको छ। यहाँ कोरोनाबाट अहिलेसम्म ९५ हजार ५ सय २ को ज्यान गएको छ। 

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो पटक एकै दिन फ्रान्समा २९ हजार ५७५ नयाँ संक्रमित थपिएका छन्। 





  • प्रकाशित मिति : चैत १९, २०७७ बिहीबार २१:५९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया