बालुवाटारमा मन्त्रिपरिषद् बैठक, विज्ञापन बोर्डमा नियुक्तिको निर्णय हुँदै

मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको हो । 

हिजो बिहीबारका लागि सिंहदरबारमा बोलाइएको बैठक बस्न नसकेपछि बालुवाटारमै सारिएको थियो । तर, बालुवाटारमा पनि नबसेपछि आज बैठक बसेको हो । 

आजको बैठक नियमित भएको र समसामयिक एजेण्डाहरुमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ । आजको बैठकले केही नियुक्तिको सिफारिस पनि गर्नसक्ने स्रोतले बताएको छ । 

आजको बैठकले विज्ञापन बोर्डमा अध्यक्षको नियुक्ति गर्ने तयारी गरेको स्रोतले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजकै बैठकबाट बोर्डलाई पूर्णता दिनसक्ने स्रोतको दावी छ । 





  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार ९:५४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया