सातामा सुन प्रतितोला ११ सय रुपैयाँले बढ्यो

नेपाली बजारमा सुनको माग बढ्न थालेपछि मूल्य पनि बिस्तारै उकालो लाग्न थालेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको भन्दा शुक्रबार सुन तोलामा ९ सय रुपैयाँले बढेर कारोबार भएको छ । आज छापावाल सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।

गत शुक्रबार सुन प्रतितोला ८६ हजार ३ सय रुपैयाँ थियो । सोमबार २ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५ सय रुपैयाँ भएको थियो ।

मंगलबार ५ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार रुपैयाँ पुगेको सुन बुधबार पनि ४ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कायम भएको थियो।  

बिहीबार घट्ने रोकिएर तोलामा ९ सय रुपैयाँले बढेको सुन शुक्रबार पुन: ९ सयले नै बढ्दा यो साता कुल ११ सय रुपैयाँ प्रतितोला बढेको छ ।

चाँदीको मूल्य बिहीबारको तुलनामा तोलामा ३० रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 



गत शुक्रबार चाँदी प्रतितोला १ हजार ३३० रुपैयाँसम्म पुगेको थियो । सोमबारबाट थोरै थोरै घट्न थालेको चाँदी बुधबार प्रतितोला १ हजार १९५ रुपैयाँमा आइपुगेको थियो।

तीन दिनपछि चाँदीको मूल्य बिहीबार १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो । यो साता चाँदीको मूल्यमा ९० रुपैयाँले गिरावट आएको छ ।



अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १७३०.५९ डलर भएको छ। चाँदी प्रतिऔंस २४.९७ डलरमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतिऔंस १७११.९४ डलर र चाँदी २४.२८ डलरमा कारोबार भएको थियो।

  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार १३:३४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया