एनभिए कप भलिबल : आर्मी, न्यु डायमन्ड र पुलिस विजयी

पाँचौं संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत शनिबारका महिलातर्फका खेलमा त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले जित हात पारेका छन् । 

त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा भएको शनिबारको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो ।

एकतर्फी बनेको खेलमा आर्मीले पहिलो सेट २५–१२ दोस्रो सेट २५–० र तेस्रो सेट २५–५ ले आफ्नो पक्षमा पार्दै लगातार दोस्रो जित दर्ता गरेको हो । 

आर्मीले पहिलो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–२ को सेटमा पराजित गरेको थियो । 

ढोरपाटनले लगातार तेस्रो पराजय बेहोरेको छ । ऊ पहिलो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लब र दोस्रो खेलमा नेपाल एपिएफ क्लबसँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो ।

आजकै दोस्रो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले भरतपुर मेट्रो खेलकुद परिषदमाथि ३–० को सोझो सेटको जित हाँसिल गर्‍यो । 



एकतर्फी बनेको खेलमा न्यु डायमन्डले पहिलो सेट २५–१२, दोस्रो सेट २५–७ र तेस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै दोस्रो जित दर्ता गरेको हो ।

पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराएको न्यु डायमन्ड दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबसँग ३–२ को सेटमा पराजित भएको थियो ।
लगातार दोस्रो पराजय बेहोरेकाे भरतपुर पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । 



आजकै तेस्रो खेलमा निकै प्रतिस्पर्धात्मक बनेको विभागीय डर्बीमा उत्कृष्ट पुनरागमन गर्दै नेपाल पुलिस क्लबले नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ । 
२ सेटले पछि परेको अवस्थालाई उल्टाउँदै पुलिसले ३–२ सेटको रोमाञ्चक जित दर्ता गरेको हो ।

एपिएफले पहिलो सेट २५–२० र रोमाञ्चक बनेको दोस्रो सेट ३०–२८ ले आफ्नो पक्षमा पार्दा तेस्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले जित्दै पुलिसले खेललाई पाँचौँ तथा अन्तिम सेटसम्म पुर्‍याएको थियो ।

पाँचौं सेट १५–११ ले आफ्नो पक्षमा पार्दै पुलिसले लगातार दोस्रो जित हात पारेको हो ।

पहिलो खेलमा पुलिसले भरतपुर मेट्रो खेलकुद परिषद्लाई तथा एपिएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई समान ३–० को सोझो सेटमा पराजित गरेका थिए ।

  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार १४:३९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया