होटलमै पसेर चिनियाँ नागरिकलाई लुट्ने चार नेपाली पक्राउ


काठमाडौं : चिनियाँ नागरिक बसेको होटलको कोठामा पसेर लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फूलकाजी तामाङ, त्यही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा पक्राउ परेका हुन्। उनीहरुले  २० लाख नगद र सुनका गरगहना लुटपाट गरेको आरोप लागेको छ ।

यी नेपाली युवाहरुले चैत १६ गते ठमेलको एक होटलको कोठामा मुकुण्डो लगाएर पसेर चिनियाँ नागरिक ३४ वर्षीय योङ छियोङको साथमा रहेको नगद र अरु सामान लुटपाट गरेका प्रहरीले जनाएको छ ।

छियोङकी श्रीमती अञ्जली तामाङ र साला प्रवेश तामाङ तथा पासाङ तामाङलाई धारिलो हतियार देखाएर हातखुट्टा टेपले बाँधी लुटपाट गरेको प्रहरीले जनाएको छ। उनीहरुलाई महानगरीय प्रहरी परिसर र वृत्त लैनचौरको टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए।

प्रहरीका अनुसार उनीहरुले २० लाख नगद, सुनको तिलहरी, सुनको औँठी, बाला, मुन्द्रा लुटेका थिए। प्रहरीले उनीहरुका साथबाट नगद ७ लाख ९२ हजार ६ हजार, ६ हजार १ सय ७० युआन, तिलहरी, बाला, रिङ औँठी, बाला बरामद गरेको छ।





  • प्रकाशित मिति : चैत २२, २०७७ आइतबार १३:४९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया