ललितपुर मेयर वुमन्स च्याम्पियनसिप : ललितपुरको पहिलो जित

ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगितामा ललितपुर मेयर ११ ले पहिलो जित दर्ता गरेको छ ।

उसले आइतबार लुम्बिनी प्रदेशमाथि २७ रनको जित हात पारेको हो ।

ललितपुरले दिएको १४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले सबै ओभर ब्याटिङ गरे पनि ५ विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो । 

उसका लागि सरस्वती जिएमले अविजित ४६ रन बनाइन् । ५२ बलको सामना गरेकी उनले २ चौका प्रहार गरिन् । 

कप्तान नेरी थापा र नितु भण्डारीले समान २०–२० रनको योगदान दिए । 

ललितपुरका सरस्वती कुमारी, आरती बिडारी र शिला क्षेत्रीले १–१ विकेट लिँदा २ विकेट रन आउटका रूपमा प्राप्त भयो । 



कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रनको योगफल तयार पारेको थियो ।

ललितपुरका लागि सुमन खतिवडाले उत्कृष्ट प्रदर्शन गरिन् । उनले ५२ बलमा ९ चौका र २ छक्काको मद्दतले अविजित ७७ रन प्रहार गरिन् ।



अस्मिना कर्माचार्यले अविजित २० र अनुराधा चौधरीले १० रनको योगदान दिए ।

लुम्बिनीका सुस्मिता भुषाल, स्वस्तिका बजगाईं, कृतिका मरासिनी र सरस्वती पुनले समान १–१ विकेट लिँदा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

पहिलो खेलमा ललितपुर सुदूरपश्चिम प्रदेशसँग ७ विकेटले पराजित भएको थियो । लुम्बिनीको यो पहिलो खेल हो ।

  • प्रकाशित मिति : चैत २२, २०७७ आइतबार १६:३८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया