थप १७६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्रै ५६ प्रतिशत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा ३४५६ मा पिसिआर गर्दा १७६ जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ।

पछिल्लो २४ घन्टामा भक्तपुरमा ४, ललितपुरमा ८ र काठमाडौँमा ८७ गरी उपत्यकामा मात्रै ९९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा ११७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार २४० पुगेको छ।

हाल कोरोना संक्रमित ४७ जना आइसियुमा र ११ जना भेन्टिलेटरमा उपचाररत छन्।





  • प्रकाशित मिति : चैत २२, २०७७ आइतबार १६:५६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया