एमालेमा गएर मन्त्री बनेका आङ्बुहाङको सांसद पद माओवादीले खोस्यो

नेकपा माओवादी केन्द्रले पार्टी छाडेर एमालेमा गएपछि प्रदेश १ को सरकारमा मन्त्री बनेका टंक आङ्बुहाङलाई सांसदबाट पदमुक्त गरेको छ । पार्टी परित्याग गर्दै मन्त्री बनेको १० दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसद पदबाट मुक्त गरेको हो ।

गत चैत १३ गते आङ्बुहाङ प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । पार्टी छाडेर मन्त्री बनेपछि पार्टीले उनलाई कारवाही गरेको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

‘पार्टीको निर्देशन विपरित मन्त्री बनेपछि पार्टीले पदमुक्त गरिसकेको छ,’आङ्बोले भने ,‘ सोमबारै बस्ने प्रदेशसभा बैठकमा पदमुक्त गरेको जानकारी गराउँछौँ ।’

आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर उनले स्पष्टीकरण बुझाएका थिएनन् ।

नेकपा विभाजनका बेला एमालेमा प्रवेश गर्दै मन्त्री बनेका आङबुहाङको कार्यकाल अब ६ महिनाको मात्रै हुनेछ । गैर सांसदले ६ महिना मात्रै मन्त्री बन्‍न पाउने प्रावधान छ । तत्कालीन नेकपा संसदीय दलका उपनेता आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित भएका थिए। 





  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार १२:३२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया