एनभिए कप भलिबल : एपिएफ र न्यु डायमन्ड  विजयी

पाँचौं संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत मंगलबारका महिलातर्फका खेलमा विभागीय टोली नेपाल एपिएफ क्लब र न्यु डायमन्ड स्पोर्टस् क्लबले जित दर्ता गरेका छन् । 

त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा भएको सोमबारको पहिलो खेलमा एपिएफले भरतपुर मेट्रो खेलकुद परिषद्लाई ३-० को सोझो सेटमा पराजित गर्‍यो ।

एपिएफले पहिलो सेट २५-१३, दोस्रो सेट २५-७ र तेस्रो सेट २५-९ ले आफ्नो पक्षमा पारेको हो ।

ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको एपिएफ दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग ३-२ को सेटमा पराजित भएको थियो । उसले तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्‍यो । 

पहिलो खेलमा नेपाल पुलिस क्लब, दोस्रो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लब र तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबसँग समान ३-० को सोझो सेटमा पराजित  भएको भरतपुरले चौथो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो ।

आजै भएको दोस्रो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको छ ।



न्यु डायमन्डले पहिलो र दोस्रो सेट समान २५-२२ ले र तेस्रो सेट २५-१६ ले आफ्नो पक्षमा पारेको थियो ।

पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दा दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबसँग ३-२ को सेटमा पराजित भएको न्यु डायमन्डले तेस्रो खेलमा भरतपुर मेट्रो खेलकुद परिषद्लाई ३-० को सोझो सेटमा हराएको थियो ।



पुलिसले पहिलो खेलमा भरतपुर मेट्रो खेलकुद परिषद्लाई ३-० को सोझो सेट, दोस्रो खेलमा नेपाल एपिएफ क्लबलाई ३-२ र तेस्रो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । 

  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १२:३०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया