सिंहदरबार भित्रको खेलमा हार्‍यौँ, काठमाडौंले प्रतिफल दिएन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारभित्रको खेलमा आफूहरुले हारिरहेको बताएका छन्। रुकुममा मंगलबार आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले जनयुद्धका उपलब्धिमाथि प्रहार हुन थालेको पनि गुनासो गरे। 'जनयुद्धका उपलब्धिमाथि प्रहार हुँदैछ। १३ वर्षपछि आफ्नो कुरा राख्दैछु रुकुममा आएर', उनले भने, 'काठमाडौंमा बसेर गरेको लडाइँले धेरै प्रतिफल दिएको छैन। सिंहदरबारभित्रको खेलमा हामी हारिरहेका छौँ। सिंहदरबारमा बसेर प्रतिगमन गर्नेलाई रूकुमबाट खबरदार गर्न आएको हुँ।'

उनले आफूलाई जनताको साथ नरहेको भनेर गरिएको टिप्पणीलाई रुकुमका जनताले खारेज गरिदिएको बताए। 'अब प्रचण्डलाई जनताको साथ छैन, अब जनताले छाडे भन्‍नेहरुलाई तपाईंहरुले जवाफ दिनुभएको छ', उनले भने, 'यो संविधान उल्टाइदिए हुन्छ, निरंकुशता ल्याइदिए हुन्छ भन्ने सोचेका छन् केही मान्छेले। काठमाडौं बसेर गरेका गल्तीको आत्मालोचना गर्न पनि रुकुम आएको हुँ।'

भिडियो





  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १७:४५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया