सुर्खेतको सिस्नेरी गाउँमा आगलागी, ९ घर जले
फाइल फोटो

सुर्खेतको एक गाउँमा आगलागी हुँदा ९ घर जलेर नष्ट भएका छन् । सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा बिहीबार साँझ आगलागी भएको सुर्खेत प्रहरीले जनाएको छ । 

वडाध्यक्ष युवराज कार्कीका अनुसार ८ घर जलेर पूर्णरूपमानष्ट भएका छन् । १ घरमा भने आंशिक क्षति पुगेको छ । उरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो । सुरक्षाकर्मी र स्थानीयबासी मिलेर ओगो निभाइसकेका छन् । 
    
सिस्नेरी गाउँमा करिब १८ घरधुरी छन् । 





  • प्रकाशित मिति : चैत २७, २०७७ शुक्रबार ९:४६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया