पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकको लोकतन्त्र खतरामा रहेको बताएका छन् ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका तिलकप्रसाद सापकोटाले लेखेको ‘यात्रा निरन्तर’ पुस्तकको शनिबार विमोचन गर्दै गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवले लोकतन्त्र रक्षाका लागि सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताए ।
कांग्रेसले संविधान जारी गर्दा र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा नेतृत्वदायी भूमिका खेलेको भन्दै डा. यादवले लोकतन्त्रको रक्षाका लागि पनि अब कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए ।
यादवले भने, ‘नेपालमा लोकतन्त्रको नागरिक जग बलियो छ, नेपालमा नागरिक सचेत छन्, हरेक राजनीतिक परिवर्तनमा जनताले साथ दिएका छन् ।’
संविधान जारी गर्ने क्रममा आफूले देशभित्रको समस्या समाधान गरेर जाऊँ भन्दा कांग्रेसले नै आफूलाई छाडेको डा. यादवको गुनासो थियो ।
यादवले भने, ‘संविधान जारी गर्दा तराई–मधेसको समस्या समाधान गरौँ देशमा शान्ति आउँछ भनेको थिएँ, तर त्यो बेलामा कांग्रेसले नै मलाई एक्लै बनायो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।