भुवन र अनमोल एउटै पर्दा : कस्तो भूमिकामा देखिएलान्

नेपाली कथानक चलचित्र ‘माइतीघर २’ बन्ने भएको छ । दि सुपर काजोल फिल्मसको ब्यानरमा बन्न लागेको यो चलचित्रमा अभिनेता भुवन केसी र उनका छोरा अनमोल केसी सँगै देखिने भएका छन् । 

यो चलचित्र पुरानो ‘माइती घर’को कथा जहाँबाट सकिएको थियो त्यहीँबाट सुरु हुने भुवन केसीले बताए । चलचित्र भुवनले नै निर्माण गर्न लागेका हुन् । दि सुपर काजोल फिल्मसको इन्स्टाग्राम पेजबाट चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो । 

दर्शकले आफू र अनमोललाई एउटै पर्दामा हेर्ने चाहना राखेकाले छोरासँग स्क्रिन सेयर गर्न लागेको भुवनले बताएका छन् । चलचित्रमा अभिनय गर्ने अन्य कलाकारका बारेमा केही बताइएको छैन । 

छोरासँगै स्क्रिन सेयर गर्न लागेका भुवन पर्दामा भने अनमोलको बुवा भएर नदेखिने बताउँछन् । उनले ‘माइतीघर २’मा विशेष भूमिकामा देखिन लागेको पनि जानकारी दिएका छन् । आफ्ना दर्शकका लागि आफ्नो भूमिका सरप्राइज हुने बताए । 

यो चलचित्र निर्माणको घोषणा अघि नै भुवनले अर्को चलचित्र ‘एन्टी हिरो’मा काम गर्ने खबर सार्वजनिक भएको थियो । ‘एन्टी हिरो’मा भुवनलाई खलपात्रका रुपमा प्रस्तुत गर्ने निर्देशकको तयारी थियो । अहिले आएर भुवनले ‘एन्टी हिरो’लाई पोस्टपोन्ड गर्दै ‘माइतीघर २’को निर्माण थाल्ने भएका हुन् ।





  • प्रकाशित मिति : चैत २९, २०७७ आइतबार १३:०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया