कर्ण थापामाथि भीम रावलको कारवाही, सुदूरपश्‍चिमका सबै जिल्लामा समानान्तर कमिटी

धनगढी : नेपाल एमाले माधवकुमार नेपाल पक्षले  सुदूरपश्चिम प्रदेश कमिटीले सह-संयोजक कर्ण थापालाई कारवाही घोषणा गरेको छ। नेपाल पक्षका सुदूरपश्चिम संयोजक डा. भीम रावलको अध्यक्षतामा बसेको प्रदेश कमिटी बैठकले थापालाई कारवाही गरेको हो।

रावल नेतृत्वको बैठकले नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ४९ (क) को १ देखि ७ र १४ तथा धारा ५० बमोजिम अनुशासनको कारवाही गरी जिम्मेवारीबाट हटाएर साधारण सदस्यबाट १ वर्ष निलम्बनका लागि सिफारिस गरेको हो।

थापामाथि पार्टीको विधान, नियमावली, पद्धति र मान्यताको उल्लंघन गरी पार्टी विभाजन जस्तो घातक कार्यमा संलग्न रहेको आरोप रावलले लगाएका छन्। उनीमाथि एमाले पार्टी कार्यालयमा गुण्डागर्दी र तोडफोड गरेको र पार्टीलाई बिसर्जनतर्फ धकेल्न भूमिका खेलेको पनि आरोप लगाइएको छ।

बैठकले पार्टीको विधानविपरीत अनाधिकृत रुपमा आफूलाई सुदूरपश्चिम प्रदेश कमिटी सचिव भन्दै पार्टी सदस्यहरुलाई धम्की दिएको आरोपसहित कञ्चनपुर जिल्ला सदस्य राजेन्द्र रावललाई सचेत गराएको छ। 

समानान्तर कमिटी 

एमालेको माधव नेपाल पक्षले सुदूरपश्चिम प्रदेशमा समानान्तर जिल्ला कमिटी  घोषणा गरेको छ। आइतवार पत्रकार सम्मेलन गर्दै प्रदेशका संयोजक भीम रावलले जिल्ला कमिटी घोषणा गरे।



खनाल नेपाल समूहले बाजुरा जिल्ला कमिटी अध्यक्षमा गगनबहादुर रावल चयन गरेको छ। उपाध्यक्ष जिल्ला कमिटीले चयन गर्ने बताइएको छ। पुरबहादुर राउत सचिव र निरबहादुर शाहीलाई उपसचिव बनाएको छ।

कञ्चनपुर जिल्ला कमिटी अध्यक्ष तारा लामा, उपाध्यक्ष जीवनराज थापा, सचिव रणबहादुर महरा, उपसचिव रवीन्द्र कुँवर, कार्यालय सचिव मोहनसिंह रावल नियुक्त भएका छन्। उता बैतडी जिल्ला कमिटी अध्यक्षमा महादेव भट्ट, उपाध्यक्षमा कृष्ण साउद, सचिव हर्कबहादुर धानुक, उपसचिवमा गौरीदत्त भट्टलाई तोकिएको छ।



अछाम जिल्ला कमिटी अध्यक्षमा शेरबहादुर कुँवर, उपाध्यक्ष नन्दबहादुर कडायत भएका छन्। सचिव, उपसचिव र कार्यालय सचिवको चयन जिल्ला कमिटीको बैठकले गर्नेछ।

यता कैलाली जिल्ला कमिटी अध्यक्ष दीर्घ बहादुर सोडारी चयन भएका छन्। डढेलधुरा जिल्ला कमिटी अध्यक्षमा डा. तारा जोशी, उपाध्यक्ष वीरेन्द्रबहादुर बस्नेत, सचिव धनबहादुर साउद, उपसचिव शकुन्तला नगरकोटी र कार्यालय सचिव जिल्ला कमिटीले तय गर्ने छ।

डोटी जिल्ला कमिटी अध्यक्ष चक्रबहादुर मल्ल, उपाध्यक्ष दुर्गा प्रसाद ओझा बनेका छन्। सचिव जिल्ला कमिटीको बैठकले बनाउने छ। कमिटी उपसचिव मञ्जु मलासी, कार्यालय सचिव खड्कबहादुर कठायत भएका छन्।

बझाङ जिल्ला अध्यक्षमा दिलबहादुर सिंह, उपाध्यक्ष इन्द्रबहादुर भण्डारी, सचिव दमनबहादुर भण्डारी, उपसचिव धनबहादुर बोहरा, कार्यालय सचिव सुरतबहादुर सिंह तोकिएका छन्। 

नेपाल-खनाल समूहको गत चैत २३ र २४ गते बसेको प्रदेश कमिटी बैठकले सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लामा जनसंगठन र पेशागत संगठनका प्रदेश र जिल्ला कमिटीको पुनर्गठन निर्णय लिएको थियो।

  • प्रकाशित मिति : चैत २९, २०७७ आइतबार १५:३४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया