चितवनमा ट्र्याक्टर दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु
समाचार प्रतिनिधि तस्बिर

चितवनको राप्ती नगरपालिका-११ स्थित डुम्रे खाडी नजिकै एउटा ट्रयाक्टर दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा ५ जनाले ज्यान गुमाएका छन्। वडा कार्यालयको भवन ढलान गरेर फर्किँदै गरेका कामदार चढेको ट्याक्टर दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो। 

ना १ त ६२९२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्यबहादुर थापाले बताए। उनका अनुसार उक्त ट्रयाक्टरमा कम्तीमा २५ जना मजदुर सवार थिए। 

राप्ती नगरपालिका आमपानीको चिउडे खोलामा अनियन्त्रित भइ ट्याक्टर दुर्घटना भएको थियो। दुर्घटनामा दर्जनभन्दा धेरै घाइते भएका छन्। उनीहरुको भरतपुरस्थित सरकारी अस्पताल र पुरानो मेडिकल कलेजको अस्पतालमा उपचार भइरहेको छ । 
 





  • प्रकाशित मिति : चैत २९, २०७७ आइतबार २१:५५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया